सेञ्चुरी बैंकका ग्राहकलाई मौर्या होटेलमा १२ प्रतिशत छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं.१३, भैरहवा रुपन्देहीस्थित मौर्या होटेल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल ब्यावस्थापकीय संचालक राम बहादुर कोइरीले हस्ताक्षर गरेका छन् ।


पुष्प दुलाल