संचारमन्त्री गोकुल बास्कोटाले भ्रम फैलाएको अर्बपति व्यवसायी बिनोद चौधरीको आरोप



काठमाडौं । अर्बपति व्यवसायी बिनोद चौधरीले संचार तथा प्रसारणमन्त्री गोकुल बास्कोटाले सिजी कम्युनिकेशनले २० अर्ब रुपैयाँ तिरेर मात्र टेलिकम कम्पनीको लाइसेन्स पाउने भनेर दिएको अभिव्यक्ति भ्रम भएको बताएका छन् ।

संचारमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सिजी २० अर्ब रुपैयाँ नतिरेर जिएसएम टेलिकम सेवा प्रदायक कम्पनीको लाइसेन्स नपाएको बताएका थिए ।

बिनोद चौधरीले २० अर्ब तिरेपछि मात्र टेलिकमको लाइसेन्स पाउँछन्: संचारमन्त्री बास्कोटा

सामाजिक संजाल ट्वीटर मार्फत चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले संचारमन्त्रीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको तथा २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्ने रकम राज्यले निर्धारण गरेको नवीकरण शुल्क भएको र यसको ज्ञान नभएकोमा दुःख प्रकट गरेका छन् ।

उनले सबै भ्रम उपर सबै भ्रमउपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसनका तर्फबाट अफु उत्सुक भएको बताएका छन् ।

निःशुल्क सेवा दिन्छु भनेकै अघिल्लो दिननै अर्बपति बिनोद चौधरीको टेलिकम लाइसेन्स खारेज


क्लिकमान्डु