निःशुल्क सेवा दिन्छु भनेकै अघिल्लो दिननै अर्बपति बिनोद चौधरीको टेलिकम लाइसेन्स खारेज



काठमाडौं । निशुल्क भ्वाइस र अहिलेको भन्दा आधा मूल्यमा इन्टरनेट उपलब्ध गराउँछु भनेको भोलिपल्ट नेपाल दूरसञ्चार प्राधिकरणले सिजी कम्युनिकेशन प्रालिले अनुमति पत्र खारेज गरिदिएको छ ।

चौधरी ग्रुपका अध्यक्ष अर्बपति व्यवसायी विनोद चौधरीले एपी वान टेलिभिजनमा अन्तर्वार्ता दिँदै सिजी टेलिकमले लाइसेन्स पाए भ्वाइस निशुल्क हुने र इन्टरनेटको मूल्य आधा कम गर्ने बताएका थिए ।

दूरसञ्चार प्राधिकरणले तत्कालिन एसटीएम टेलिकम सञ्चार प्रालि र अहिले सिजी कम्युनिकेशन प्रालिलाई २०६६ साल माघ १९ गते ७ जिल्लाका लागि दिइएको लिमिटेड मोबिलिटी सर्भिस सेवाको अनुमति पत्र नविकरणका लागि नियमअनुसार दस्तुरसहितको निवेदन पेश नगरेकाले माघ १९ गतेदेखि लागू हुने गरी स्वतः रद्द भएको उल्लेख गरेको छ ।

विनोद चौधरी बन्लान् त अर्को मुकेश अम्बानी ?

प्राधिकरणले लिमिटेड मोबिलिटी सर्भिसको अनुमति पाएका ७ जिल्ला बाग्लुङ, पाल्पा, कञ्चनपुर, डडेलधुरा, बैतडी, बर्दिया र दैलेखका पाएको वायरलेस टेलिकम्युनिकेसनको अनुमति खारेज गरेको हो ।

लगानी सम्मेलनमा चौधरी ग्रुपमा ४ प्रोजेक्ट

चौधरीले अन्तर्वार्तामा के भनेका थिए ?

नेपालको इन्टरनेटको मूल्य दक्षिण एसियामा सबैभन्दा बढी छ । त्यस्तै इन्टरनेटको पहुँच जम्मा ३५ प्रतिशतमा छ । स्मार्टफोनको पहुँच पनि ३५ प्रतिशतकै हाराहारीमा छ ।

भारतमा जियो आउनुभन्दा अघि नेपालको अहिलेको जस्तै अवस्था थियो । एयरटेल र भोडाफोनले एक प्रकारको मोनोपोलीमा भ्वाइसको ट्यारिफलाई पनि नियन्त्रण गरेर राखेको अवस्था थियो । जसमा जियोले एउटा ट्रान्सफरमेसन ल्यायो ।

जियोका मालिक मुकेश अम्बानीले त सार्वजनिक रुपमै मोबाइललाई अहिलेको समयको विश्वको नयाँ तेल भनेको मोबाइल र इन्टरनेट हो । यसको व्यापक प्रयोग बिना मुलुकको विकास सम्भव छैन । यो सबैका लागि आवश्यक चिज हो, किसान र गृहणीदेखि सबैका लागि आवश्यक भइसकेको छ भनेका थिए ।

त्यसैबाट प्रभावित भइ हामीले शुरु गरेका हौं । जब हामी आउने भन्यौ, तब कृतिम अवरोध सिर्जना गरिएको छ । सिजी टेलिकम आयो भने प्रत्येक नेपालीले भ्वाइस निशुल्क पाउँछन् । इन्टरनेटको शुल्क अहिलेको तुलनामा आधा हुन्छ । र, प्रत्येक नेपालीको हात हातमा स्मार्टफोन हुन्छ । र, अहिले संसदबाट पारित भएर त्यसवापत बुझाउनु पर्ने रकम बुझाइसकेपछि पनि ३ वर्षदेखि काम गर्न नपाएको अवस्थाबाट हामी गुज्रिरहेका छौं ।

सिटी टेलिकम आयो भने किस्तामा भए पनि हामीले सबैलाई स्मार्टफोन उपलब्ध गराएर सबैको हातहातमा पुर्याउँछौं ।

 


क्लिकमान्डु