लगानी सम्मेलनमा चौधरी ग्रुपमा ४ प्रोजेक्ट



काठमाडौं । नेपालको चर्चित व्याववसायिक घराना चौधरी ग्रुपले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ४ वटा आयोजनामा विदेशी लगानी भित्र्याएको छ । चौधरी ग्रुपले फाइनान्स कम्पनी, टेलिकम, सोलार, मल्टि मोडेल लजिस्टीकमा विदेशी लगानी भित्र्याउने भएको हो ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनको अवसरमा चौधरी ग्रुपले विदेशी लगानीकर्तासँग नेपालमा लगानी भित्र्याउनका लागि सम्झौता गरेको हो ।

त्यस्तै, चौधरी ग्रुपले प्रवद्धन गरेको युनाइटेड फाइनान्समा भारतको मुथुत फाइनानसको ३९ करोड ९० लाख रुपैयाँ लगानी भित्र्याएको छ ।

चौधरी ग्रुपले ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीलाई भित्र्याउन सम्झौता गरेको छ ।

त्यसैगरी कम्पनीले चौधरी ग्रुपको सिजी लाइफले टेकिममा पनि लगानी भित्र्याउने भएको छ ।

त्यस्तै, चौधरी ग्रुपले सोलार प्लान्ट राख्नेबारे प्रदेश २ सरकारसँग पनि समझदारी गरेको छ ।

नेपालमा लगानीको वातावरण बनेकाले चौधरी ग्रुपले विदेशी लगानीकर्तासँगको सहकार्यमा नेपालमा लगानी बढाउने निर्णय गरेको अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।


क्लिकमान्डु