किर्ते कागजात बनाएर २५ लाख ठगी, पूर्व सांसदसहित राजपाका केन्द्रीय नेता विरुद्ध अख्तियारको उजुरी



काठमाडौं । राजनीतिक दल तथा नेताको आवरणमा सरकारी रकम दुरुपयोग भइरहेको कुरा नेपाली समाजमा सामान्य रहेन । सांसद, राजनीतिक नेता तथा मन्त्री नै अवैध क्रियाकलापमा संलग्न हुन्छन् र रहेका छन् भन्ने कुरा आम जस्तै भएको छ ।

सरकारी स्रोतको दुरुपयोग गर्न किर्ते कागजात तयार पारेको र २५ लाख रुपैयाँ बराबरको गलत काम गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सांसद सहित एक मधेश केन्द्रित दलका नेता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पूर्वाधार विकास कार्यालय सिरहाकाा प्रमुख राजकुमार गोइत तथा पूर्व सांसद विपी यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डलले सरकारी स्रोतको चरम दुरुपयोग गरेको तथा किर्ते कागजात तयार पारेको पाइएको छ ।

सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरी पूर्वाधार विकास कार्यालय, सिरहासँग सम्झौता गरेको भन्ने उजुरीउपर अनुसन्धान गर्दा सुनियोजित तवरले फर्जी उपभोक्ता समिति गठन गरी सरकारी रकम हिनामिना गर्ने उद्देश्यले भ्रष्टाचारमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ ।

जसमा पूर्वाधार विकास कार्यालय, सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, सोही कार्यालयका नायव सुब्बा भागवत यादव, पूर्व सांसद वि.पी. भन्ने विश्वनाथ प्रसाद यादव, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायणा भन्ने हरि मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादव रहेकोमा विपी भन्ने विश्वनाथ प्रसाद यादवलगायतले सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ ।

गाउँपालिकास्थित मुतनी नदी सिंचाई आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपीमा अनधिकृत रुपमा विवरण सच्याएको तथा अग्निसाइर कृष्णसवरण गाउँपालिकाको भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरको नाउँमा सिफारिस माग भई आएबमोजिम सिफारिस गरिएको भन्ने व्यहोराको पत्रलाई अनधिकृत रुपमा सच्याइ अग्निसाइर कृष्णसवरण गाउँपालिमा गलत काम गरेको पाइएको छ ।

उपभोक्ता समितिको कागजात सच्याई गलत उपभोक्ता समिति गठन गरेको भन्ने लगायतका गलत कागजातहरु पेश गरी उल्लेखित विश्वनाथ प्रसाद यादवसमेत चार जना तथा राजकुमार गोइत र भागवत यादवसमेत ५ जनाले मिलेर भ्रष्टाचार गरेको उल्लेख छ ।

किर्ते कागजातको आधारमा योजना सम्झौता गर्दासमेत अवास्तविक उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवजस्ता पदाधिकारीहरुको उपस्थिति बिना नै उक्त समितिको नाममा योजना सम्झौतामा सम्झौता मिति लगायतका खुलाउनुपर्ने महत्वपूर्ण विवरण समेत नराखी सम्झौता गराएको पाइएको छ ।

अख्तियारले आरोपीहरु विश्वनाथ प्रसादयादव, हरि मण्डल, विरेन्द्रकुमार मण्डलल र कृष्णकुमार यादवलाई हदैसम्मको कारवाीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले दायर गरेको मुद्दा पछिल्लो दिनको सबैभन्दा ठूलो मुद्दा हो ।


क्लिकमान्डु