आगोको कारण अष्ट्रेलियाको अर्थतन्त्र दैनिक ४ अर्ब रुपैयाँको नोक्सानीमा
अस्ट्रेलिया यतिबेला देशव्यापी रुपमा लागेको आगोले निकै कठिन अवस्थामा रहेको छ । उक्त आगोले विभिन्न क्षेत्रमा हानी पुर्याउनुका साथै अहिले विश्वलाई नै अचम्मित बनाएको छ ।
आगलागीपछि अहिले विश्वको ध्यान अस्ट्रेलियातिर केन्दि«त रहेको छ । गर्मीको शुरुवात र लामोसमयको खडेरीले निम्त्याएको उक्त प्रकोपले बातावरणीय, आर्थिक, जैविक लगायत विभिन्न क्षेत्रमा हानी पुर्याएको छ । आगलागीले मच्चाएको वितण्डाले के कति क्षति पुर्यायो त ? यो सर्वाधिक चासोको विषय बनेको छ ।
२३ जनाको ज्यान गयो
अस्ट्रेलियामा केहि महिनाअघिबाट शुरु भएको फायर सिजनपछि २३ जनाले ज्यान गुमाएका छन भने ६ जना भिक्टोरिया स्टेटमा हराइरहेका छन् । र यो संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन्
कति क्षत्रेफलमा लाग्यो आगो ?
अहिलेसम्मको आंकडा अनुसार ५ मिलियन हेक्टर क्षेत्रफलमा आगोलागी भएको छ । यो क्षेत्रफल वेल्सको दोब्बर र डेनमार्ककोभन्दा धेरै क्षेत्रफल हो । सिड्नीको उत्तरपश्चिममा मात्रै सिंगापुरको भन्दा सातौ गुणा धेरै क्षेत्रफल ध्वस्त भइसकेको छ ।
यो आगोलागीको मौसममा न्यू साउथ वेल्समा मात्रै १ हजार ३ सय ६५ घर क्षतिग्रस्त भएका छन् । आगोलागी निरन्तर भइरहेकाले यसको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ ।
कस्तो छ त आर्थिक प्रभाब ?
उक्त आगोको कति आर्थिक क्षति भयो भन्ने यकिन विवरण आइसकेको छैन किनकि आगो अहिलेसम्म रोकिएको छैन । अस्ट्रेलियाको इन्स्योरेन्स काउन्सिलले जनाए अनुसार ५ हजार २ सय ५९ जनाले २ सय २४ मिलियन डलरको दाबी गरेका छन् ।
त्यसैरी इकोनोमिक एण्ड प्लानिङ कन्सल्टेन्सिको प्रक्षेपण अनुसार सिड्नीको अर्थतन्त्र दैनिक ५० मिलियन अष्ट्रेलियन डलरले घाटामा रहेको छ । अर्थतन्त्रमा दबाब दिने शिर्षकहरुमा मौसम परिवर्तनबाट हुने अधिक ताप र हुरी, कृषि देखि पर्यटनसम्मका विभिन्न चुनौतीपुर्ण उद्योगहरु रहेका छन् ।
अस्ट्रेलियाको क्लाइमेट काउन्सिलको आँकलन अुनसार घट्दो कृषि र श्रम उत्पादनबाट सन् २०३० सम्ममा १९ विलियन, सन् २०५० सम्ममा २११ मिलियन र सन् २१०० सम्ममा ४ ट्रिलियन समग्र नोक्सान हुनेछ ।
त्यसैगरी अस्ट्रेलियको आगोलागीबाट बन्यजन्तुपनि नराम्रोसँग प्रभावित भएका छन् । युनिभर्सिटि अफ सिड्नीको अनुमान अनुसार सेप्टेम्बर यता न्यु साउथ वेल्समा मात्रै ४ सय ८० मिलियन जनावरहरु मारिएका छन् ।
मर्ने जनावरहरुमा स्तनधारी, चरा र घस्रने जनावरहरु रहेका छन् । जनावरहरु विशेषगरी आगोलागी र आगोलागीपछि भएको वासस्थान र खाना अभाबले मरेको एजेन्सीहरुले जनाएका छन् ।