प्लस टु उत्तीर्ण गर्नेलाई पनि प्रोगेसिभ फाइनान्सले जागिर दिने
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीले न्यूनतम प्लस टु उत्र्तीण गर्नेहरुलाई पनि जागिर दिने भएको छ ।
कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै न्यूनतम प्लस टु उत्तीर्ण गर्नेदेखि न्यूनतम मास्टर डिग्री हासिल गर्नेसम्मका लागि विभिन्न पदमा आवेदन खुलाएको हो । जसमा प्रमुख प्रबन्धकदेखि जुनियर असिस्टेन टे«नी गरी ७ जनाभन्दा बढी कर्मचारी माग गरिएको छ ।
कम्पनीले काठमाडौ तीनकुने कम्पनीको कर्पाेरेट अफिसका लागि प्रमुख प्रबन्धक मागेको छ । भने सोही कार्यालयको लागि सहायक शाखा प्रबन्धक मागेको छ । जसका लागि म्यानेजमेन्ट वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण र बैंक तथा वित्तीय संस्थामा ५ वर्ष काम गरेको अनुभव भएका उम्मेदवारले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यस्तै, न्यूनतम म्यानेजमेन्ट वा अर्थशास्त्रमा स्नातक गरी ४ वर्ष बैंक तथा वित्तीय संस्थामा काम गरेको एक जना शाखा प्रबन्धक र सोही शैक्षिक योग्यता र अनुभव भएका २ जना अधिकृत, सिनियर असिस्टेन एक जना माग गरेको छ ।
साथै न्यूनतम प्लस टु उत्र्तीण गरेका ३५ वर्ष ननाघेका एक जना असिस्टेन सुपरभाइसर र जुनियर असिस्टेन टे«नी माग गरेको हो । इच्छुक आवेदकले जनवरी ९ तारिकसम्म आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ ।