२५ किलो सुन तस्करी गर्ने भोटे विरुद्द ३० करोडको मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले २५ किलो सुन तस्करी गरेर भित्राएको आरोपमा तोप्के भोट विरुद्द ३० करोड बिगो राखेर मुद्दा दर्ता गरेको छ ।

जिल्ला संखुवासभा घर भएका भोटेले २५ किलो सुन अवैध तरिकाले भित्राएका थिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलिले चेकजाँचको क्रममा तोप्के भोटेको शरिर तथा उनले वोकेको झोलाबाट विना विल विजक लुकाई छिपाइ ल्याउदै गरेको ५ किलो सुन बरामद गरेको थियो ।

विभागले अनुसन्धान गर्दा तोप्के भोटे, रिन्जीन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटे समेतले आपसी मिलेमतो गरी सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरी ल्याएको देखिएको तथा एक अर्काको बैक खाता समेत प्रयोग गरी यसभन्दा पहिला पनि चार पटकसम्म यस्तै प्रकृतिको सुन भन्सार चोरी पैठारी गरेको देखिएको थियो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले द्दछ किलो सनुको जम्मा मूल्य १५ करोड १३ लाख तथा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार बिगो कायम गरी उक्त सुन जफत गरी सोहि ऐनको दफा २३९१० बमोजिम विगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुन साथै बरामद भएको सुनको भुक्तानी विदेशी मुद्रामा मात्र हुने भएकोले उक्त २५ किलो सुन खरिद गर्न प्रयोग भएको १५ करोड १३ लाख रुपैयाँ बराबरको रकम अवैध रुपमा दिेश पुर्याएको देखिएको छ ।

कानून अनुसार ३० करोड बिगो राखेर राजस्व अनुसन्धान विभागले जिल्ला अदालत संखुवासभामा मुद्दा दत


क्लिकमान्डु