सेयर बजारमा मन्दगति, २९ करोडको कारोबार



काठमाडौं । सेयर बजार मन्द गतिमा चल्न थालेको छ । धेरै समयदेखि गिरावटमा रहेको बजार केही दिन यता भने निकै मन्द गतिमा रहेको छ ।

सोमबार ०.०० बिन्दुमा रहेको सेयर बजार मंगलबार भने ०.९१ अंकले घटेर ११०९.१६ बिन्दुमा रोकिएको छ । १६५ कम्पनीको ११ लाख ३४ हजार १५ कित्ता सेयर २९ करोड ५८ लाख ६९ हजार १८० रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ ०.८३, ट्रेडिङ १९.०२, जलविद्युत समूहको उपसूचक ०.८५ अंकले बढेको छ । कारोबारमा निर्जीबन बीमा समूहको उपसूचक १३.३२, उत्पादन तथा प्रशोधन १६.२९, जीवन बीमा समूहको उपसूचक ८.४६ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल इन्भेष्पटमेन्ट बैंकको संस्थापन समूह अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन्स बैंकको संस्थापक र नेपाल बैंक क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।


क्लिकमान्डु