रोयल इन्फिल्ड बेच्ने कम्पनीले ९ महिनामै गर्यो ४ अर्बको व्यापार

0
Shares

काठमाडौं । नेपाली बजारमा रोयल इन्फिल्ड ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन बेच्ने टीजी अटो ग्रुपले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ अर्ब १० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२५ मा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ र सन् २०२४ मा २ अर्ब ९६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार गत आवमा उच्च परिमाणमा सवारी साधन बिक्री भएको र मूल्यमा पनि सुधार आएकाले व्यापार उल्लेख्य बढेको जनाएको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ८.४८ प्रतिशत सञ्चालन मार्जिन गरेको छ । सन् २०२५ मा ६.५७ प्रतिशत सञ्चालन मार्जिन गरेको थियो ।

सन् २०२५ मा १९ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको कुल नगद सञ्चिति गत आवको ९ महिनाको अवधिमा २६ करोड ७० लाख रुपैयाँ रहेको छ ।

त्रिवेणी ग्रुपद्वारा सन् २०२२ मा स्थापना गरेको कम्पनीले नेपालको लागि एक मात्रै उत्पादन र वितरक हो । कम्पनीले बारा जिल्लामा एक लाख स्क्वायरफिट क्षेत्रफलमा एसेम्ब्ली युनिट निर्माण गरी सवारी साधन उत्पादन गर्दै आएको छ । उक्त एसेम्ब्ली प्लान्टबाट वार्षिक २० हजार सवारी साधन उत्पादन गर्न सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२३ को मेबाट व्यवसायिक कारोबार सुरु गरेको थियो ।

कम्पनीको गियरिङ प्रोफाइल कमजोर अवस्थामा रहेको छ । गत आवको ९ महिनाको अवधिमा ०.१२ गुणा रहेको छ ।

कम्पनीको सन् २०२५ को तुलनामा सुधार भएको पाइएको छ । सन् २०२५ मा १.६३ गुणा थियो । कम्पनीको नाफाको सञ्चिती र कुल कर्जाको स्तरमा कमी आएका कारण गियरिङमा सुधार आएको हो । कम्पनीको कर्जा कवरेज सूचकमा सुधार आएको छ ।

कम्पनीको गत आवको ९ महिनाको अवधिमा २५.७३ गुणा ब्याज कभरेज अनुपात रहेको छ । सन् २०२५ मा १९.९९ गुणा थियो । कम्पनीको कुल ऋण र कुल नगद सञ्चिति गत आवको ९ महिनाको अवधिमा ०.१६ गुणा रहेको छ ।

वीरेन्द्रकुमार संघाई अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ ।