सुन्ने र बोल्ने क्षमताको उपचारमा नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकको डेढ दशकको सफल यात्रा


काठमाडौं । नेपालमा श्रवणशक्ति र वाक क्षमता सम्बन्धी विशिष्टीकृत सेवा प्रदान गर्दै आएको अग्रणी संस्था ‘नेपाल हियरिङ एण्ड स्पिच क्लिनिक’ ले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरेको छ ।

विगत डेढ दशकदेखि क्लिनिकले श्रवण परीक्षण, हियरिङ एड फिटिङ, कोक्लियर इम्प्लान्ट सेवा, स्पीच-ल्याङ्ग्वेज थेरापी, परामर्श तथा नियमित फलो-अप केयरमार्फत हजारौँ सेवाग्राहीलाई नयाँ जीवन र आवाज प्रदान गर्दै आएको छ ।

सेवा विस्तारको क्रममा क्लिनिकले काठमाडौंको थापाथलीस्थित मुख्य कार्यालयका साथै मोफसलका प्रमुख सहरहरू विराटनगर, पोखरा र नेपालगञ्जमा आफ्ना शाखाहरू सञ्चालनमा ल्याएको छ ।

यसका अतिरिक्त, क्लिनिकले भक्तपुरको बीपीआई फाउन्डेसन, पुल्चोकको आरुस लाइफस्टाइल हस्पिटल र ग्वार्कोस्थित बी एण्ड बी हस्पिटलमा समेत आफ्नै अत्याधुनिक ‘अडियोलोजी सेटअफ’ मार्फत सेवा दिँदै आएको छ । यसले गर्दा दुर्गम र सुगम दुवै क्षेत्रका बिरामीहरूलाई विशेषज्ञ सेवा प्राप्त गर्न सहज भएको छ ।

प्रविधि र गुणस्तरलाई उच्च प्राथमिकता दिने यस क्लिनिकमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको विशेष ‘साउण्डप्रुफ अडियोलोजी रुम’ रहेको छ । यसमा प्रयोग गरिएको ‘हाई-डेन्सिटी एकाउस्टिक इन्सुलेशन प्यानल’, ‘डबल-लेयर जिप्सम एकाउस्टिक वाल’, र ‘फ्लोटिङ फ्लोर भाइब्रेसन आइसोलेसन’ जस्ता प्रविधिले श्रवण परीक्षणलाई अत्यन्तै सटीक र भरपर्दो बनाउन मद्दत पुर्‍याएको छ ।

क्लिनिकले हालसम्म ६० भन्दा बढी कोक्लियर इम्प्लान्ट सेवा, २५ हजारभन्दा बढी हियरिङ एड फिटिङ र ४० हजारभन्दा बढी व्यक्तिको श्रवण परीक्षण सम्पन्न गरिसकेको छ ।

यो क्लिनिक विश्वका प्रख्यात हियरिङ एड कम्पनीहरू जस्तै फोनाक, सिग्निया र स्टार्कीको नेपालका लागि आधिकारिक वितरक समेत हो । क्लिनिकले केवल उपकरण बिक्रीमा मात्र सीमित नभई फिटिङ, प्रोग्रामिङ, वारेन्टी, प्राविधिक सहयोग र लाइफटाइम सपोर्ट जस्ता सेवाहरू मार्फत सेवाग्राहीको पूर्ण सन्तुष्टि सुनिश्चित गर्दै आएको छ ।

संस्थाका अध्यक्ष तथा संस्थापक पुरुषोत्तम भुर्तेलको नेतृत्वमा हाल क्लिनिकमा ३५ जनाभन्दा बढी दक्ष जनशक्तिहरू कार्यरत छन् । यस टोलीमा अनुभवी अडियोलोजिस्ट, स्पीच-ल्याङ्ग्वेज प्याथोलोजिस्ट र कुशल व्यवस्थापन टोली रहेका छन् ।

१५ वर्षको यो यात्रा क्लिनिकका लागि केवल समयको अन्तराल मात्र नभई सेवा, विश्वास र व्यावसायिक उत्कृष्टताको एउटा कोशेढुङ्गा सावित भएको छ । आगामी दिनहरूमा पनि आधुनिक प्रविधि र बिरामी केन्द्रित सेवा मार्फत सुन्ने र बोल्ने क्षमतामा सुधार ल्याई मानिसहरूको जीवनस्तर उकास्ने लक्ष्य क्लिनिकले लिएको छ ।