गणेश नेपालीमा म आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस

84
Shares

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गणेश नेपालीमा आफ्नै प्रतिविम्ब देखेको उल्लेख गरेका छन् ।

लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बिच बाँचिरहेको आफूले गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देखको उनको भनाइ छ ।

उनले राज्य सबै नागरिकको साँचो अभिभावक बन्नुपर्ने उल्लेख गरेका छन् ।

‘लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु,’ उनले लेखेका छन्, ‘राज्य सबै नागरिकको साँचो अभिभावक बनोस्। देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनोस् । फेरि कुनै नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था कहिल्यै नआओस्।’