नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् ।

सोमबार चापागाईंले अर्थमन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । चापागाईंले अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

उनलाई २०८१ साल चैत ११ गते मन्त्रिपरिषदले सीईओमा नियुक्त गरेको थियो ।