‘युनाइटेड सिमेन्ट्स प्रिमियर लिग’ भव्यताका साथ सम्पन्न


काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्ना डिलरहरुलाई लक्षित गर्दै ‘युनाइटेड सिमेन्ट्स प्रिमियर लिग’ को आयोजना गरेको छ ।

काठमाडौंको पहेँलो पुलस्थित धन्यन्तरी फुटसलमा असार १३ गते उक्त प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको हो ।

यस प्रतियोगिताको औपचारिक उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक विकास दुगडले गरेका थिए ।

उपत्यकाभरका डिलरहरूको उत्साहजनक सहभागिता रहेको यस प्रतियोगितामा कुल १६ वटा टोलीहरूले ३ वर्षिय रनिंग ट्रफी, नगद पुरस्कार तथा च्याम्पियनस् ट्रफीका लागी प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक विकास दुगडले सिमेन्ट, व्यापार र दिनहुँको दौडधुपबाट केही समय निकालेर शारीरिक स्वास्थ्य र मनोरञ्जनमा ध्यान दिनु आवश्यक रहेको बताए । विश्वभर चलिरहेको ‘फिफा विश्वकप’ को माहोललाई स्मरण गर्दै उनले मैदानमा देखिने ऊर्जा, टिमवर्क र उत्साहले डिलर र कम्पनीबीचको पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । ‘जसरी मैदानमा उत्कृष्ट प्रदर्शन गर्न एउटा बलियो र एकजुट टिम चाहिन्छ, त्यसरी नै बलियो निर्माणको लागि युनाइटेड सिमेन्ट्स सधैं तपाईंहरूको साथमा छ,’ उनले भने ।

निकै रोमाञ्चक रहेको उक्त प्रतियोगिताको उपाधि गोदावरी टोलीले [५-१] गोल अंतरले जित्न सफल भएको छ ।

उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको गोदावरीलाई ग्रुपका भाइस च्येरम्यान नरेश दुगड तथा म्यानेजिंग डिरेक्टर कुमुद दुगडले विजेता ट्रफी का साथै रनिङ ट्रफी तथा जनहि ७० हजारको चेक हस्तान्तरण गरेका थिए । त्यसैगरी, न्हू पला: ले उपविजेताको स्थान हासिल गरेको थियो । न्हू पला: लाई ग्रुपका म्यनेजिंग डिरेक्टरहरू विकास दुगड तथा कुमुद दुगडले उपविजेता ट्रफी का साथै जनहि ३५ हजारकोको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको समापन समारोहमा मन्तव्य राख्दै के. एल. दुगड ग्रुपका म्यनेजिंग डिरेक्टर कुमुद दुगडले खेलमा हार-जितभन्दा पनि खेलाडीहरूले मैदानमा देखाएको भाइचारा, मित्रता र खेलको भावना कम्पनीको संस्कार सुहाउँदो रहेको भन्दै खुसी व्यक्त गरे ।

मैदानमा देखिएको एकता र उत्साहलाई आगामी नयाँ आर्थिक वर्षमा व्यापार र कार्यक्षेत्रमा पनि सँगै लिएर जाने उनले पूर्ण विश्वास व्यक्त गरे।

यो ‘युनाइटेड सिमेन्ट्स प्रिमियर लिग’ को पहिलो संस्करण हो।

कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन आफ्नो अमूल्य समय दिएर उपस्थित हुने सम्पूर्ण डिलर मित्रहरू, सहभागी खेलाडी साथीहरू तथा परिवारजनलाई हृदयदेखि नै विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गरिएको थियो।