
काठमाडौं । नेकपा एमालेले राजनीतिक प्रतिशोधले पार्टीका उपाध्यक्षलाई पक्राउ गरिएको आरोप लगाएको छ ।
एमालेका सांसद पुष्पराज कँडेलले पार्टीका प्रभावशाली नेता विष्णु पौडेलको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका हुन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कँडेलले सरकारले पूर्वाग्रही ढंगले पौडेललाई पक्राउ गरेको भन्दै कडा आपत्ति जनाए।
उनले गत निर्वाचनका प्रतिस्पर्धीको बयानका आधारमा पौडेललाई समातिएको दाबी गरे । ‘यो गिरफ्तारी गत चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधी व्यवहारकै अर्को कडी हो,” कँडेलले भने ।
सरकारले आफ्ना निकटस्थहरूलाई जोगाउन र विपक्षी दलका नेताहरूलाई तर्साउन यस्तो कदम चालेको उनको आरोप छ। एमालेलाई बदनाम गर्ने उद्देश्यले गरिएको भन्दै उनले पौडेलको तत्काल रिहाइको माग गरे।
साथै, सांसद कँडेलले गत जेठ १७ गते संसद्मा बालेन्द्र शाहले दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको भन्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन समेत माग गरेका छन्।






प्रतिक्रिया