बागमती प्रदेशको बजेट: काठमाडौंमा मेट्रो रेलको अध्ययन गरिने, भौतिक पूर्वाधारका लागि २५ अर्ब


काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यसका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।

यसका साथै सरकारले बहुप्रतिक्षित भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययनलाई पनि प्राथमिकतामा राखेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि मात्रै प्रदेश सरकारले २५ अर्ब ६० करोड ८ लाख ४८ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

प्रदेशका अति विपन्न परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अति विपन्न १ हजार परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका लागि ९ अर्ब ६ करोड २ लाख ३९ हजार बजेट विनियोजन गरिएको छ।