
काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत कार्यरत कर्मचारीको तलब तथा भत्ता वृद्धि गर्ने भएको छ ।
आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै संघीय सरकारले राष्ट्रसेवक कर्मचारीका लागि गरेको तलब तथा भत्ता वृद्धिअनुसार प्रदेशका कर्मचारीको पनि तलब तथा भत्ता समायोजन गरिने जानकारी दिए ।
त्यसैगरी, करार सेवामा कार्यरत कर्मचारीको मनोबल बढाई कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन साउन १ गतेदेखि लागू हुने गरी स्थायी कर्मचारीसरह महँगी भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको उनले बताए ।
प्रदेश सरकारले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयतर्फ २ अर्ब १६ करोड विनियोजन गरेको छ । यस्तै स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको मन्त्री शेरचनले बताए ।









प्रतिक्रिया