नेप्सेमा १२.२६ अंकको गिरावट, साढे ४ अर्बको कारोबार


काठमाडौं । सेयर बजारमा सोमबार पनि गिरावट आएको छ ।

साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा कायम भएको हो ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको शुक्रबार पनि नेप्सेमा ४ अंकको गिरावट आएको थियो ।

सोमबार नेप्सेमा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार भने नेप्सेमा कुल ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ७३ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।