‘नारा बेचेको’ भन्ने कुरा सुन्दै-नसुनी आशिका तामाङ संसदमा आक्रोशित बनेपछि…


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले भनेको कुरा सुन्दै नसुनी अर्थात् नबुझी संसदमा आक्रोस देखाएकी छिन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा तामाङले अर्को सांसदले भनेको विषय बुझ्दै नबुझी आक्रोसित बनेकी हुन् ।

बैठकमा नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले बजेटमाथिको छलफलमा बोल्दै, ‘यो सरकारले ठुलाठुला नारा सुदूरपश्चिम, कर्णाली र मधेशलाई बेचेर तपाईंहरु प्रतिनिधित्व गर्नुहुन्छ । ३५ वर्ष पुरानाले के गरे भन्नुहुन्छ?’ भन्दै सरकारलाई प्रश्न गरेकी थिइन् ।

तर, बरालले बोल्दै गर्दा नारा भन्ने शब्द नसुनी सांसद तामाङले उठेर आपत्ति जनाइन् । तामाङले भनिन्, ‘ ‘उहाँले बेचेको भन्नुभएको छ कहाँ बेचेको हो? त्यो प्रमाण देखाउनुपर्यो । कसले बेच्यो? कुन सरकारले बेच्यो ? यो सरकारले बेचेको तपाईंसँग प्रमाण छ? के बेचेर भन्नुभएको तपाईंले?’

तामाङले यस्तो आक्रोश देखाएपछि बरालले शिष्टचार र सभ्यताको शब्द उहाँबाटै कायम भयो भन्दै आफ्नो कुरा अगाडि बढाइन् ।