
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा ५ हजार रुपैयाँ बढेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ थियो ।
सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १५ रुपैयाँ कायम भएको छ । आइतबार भने चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार बिहान अन्तराष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ४ हजार ३ सय २८ अमेरिकी डलर छ भने प्रतिऔंस चाँदीको मूल्य ७० डलर छ ।









प्रतिक्रिया