
काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा भब्य स्वागत गरिएको छ ।
मंगलबार मुख्यालय प्रवेशका क्रममा रातो कार्पेटमा उनलाई पुष्प वृष्टीका साथै सांस्कृतिक झाँकीमार्फत उनलाई स्वागत गरिएको हो ।
लामिछानेले मंगलबार बिहान भाजपा अध्यक्ष नितिन नबिनसँग राजनीतिक भेटवार्ता गरेका छन् ।
पाँच दिने भारत भ्रमणका लागि उनी सोमबार भारत प्रस्थान गरेका थिए ।





प्रतिक्रिया