एक व्यक्तिका लागि बल प्रयोग गरी नियमावली स्वीकृत गरियो, हिजो संसदीय इतिहासको कालो दिनः थापा

1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हिजो आइतबार (जेठ १७) गतेको दिन संसदीय इतिहासको कालो दिन भएको बताएका छन् । सोमबार आयोजित एक कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन् ।

‘तपाईंहरुले संसदको अघिल्लो सत्रको विषयलाई मात्रै ख्याल गर्नु भएको छ । पछिल्लो सत्रको ख्याल गर्नु भएको छैन, जहाँ हिजो जबर्जस्ती सत्ता पक्षले पेलेर नियमावली पारित गराएको छ । यो हेर्दा सामान्य लाग्छ,’ थापाले भने, ‘तर त्यो सामान्य विषय होइन ।’

उनले प्रतिनिधिसभा नियमावली भनेको संसद सञ्चालन गर्ने नियम भएकाले त्यसलाई समेत बल प्रयोग गरेर सांसदलाई विशेषअधिकारसहितको नियमावली बल प्रयोग गरेर पारित भएको उनले बताए ।

उनले अमूक व्यक्तिका लागि त्यस्तो नियमावली पारित गराइएको उल्लेख गरे । शक्तिको चरम दूरुपयोग हुँदै गर्दा पनि संसदबाट पारित गरेको र यो अदालतको विषय बनेको उनले उल्लेख गरे ।