विदेशी मुद्राको ढुकुटीबाट ‘सोभरेन वेल्थ फन्ड’ परिचालन गरिने

42
Shares

काठमाडौं । नेपालको विदेशी मुद्राको ढुकुटीबाट केही प्रतिशत रकम सोभरेन वेल्थ फन्डको रूपमा परिचालन गरिने भएको छ ।

हाल वैदेशिक मुद्राको सुविधाजनक सञ्चिति भएकाले सो रकम परिचालन गर्न लागिएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।