
एजेन्सी । भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री विजयले सोमबार सीमान्तीकृत किसानहरूका लागि ५० हजार भारुसम्मको सहकारी बैंकको कृषि ऋण मिनाहा र ठूला किसानहरूका लागि ५ हजार भारु राहतको घोषणा गरेका छन् ।
मुख्यमन्त्रीका अनुसार, यस योजनाबाट राज्यभरका १४.२२ लाख किसानहरू लाभान्वित हुने अपेक्षा गरिएको छ र यसबाट सरकारलाई कुल २ हजार ४४ करोड भारु खर्च भार पर्नेछ ।
यस योजना अन्तर्गत ५० हजार भारुसम्मको सहकारी बैंकको कृषि ऋण बाँकी रहेका सीमान्तीकृत किसानहरूको ऋण पूर्ण रूपमा मिनाहा गरिनेछ ।
ठूला किसानहरूले भने आफ्नो कृषि ऋण भुक्तानीका लागि एकमुष्ठ ५ हजार भारु राहत प्राप्त गर्नेछन् ।
राज्य सरकारले मिनाहा रकम वितरणको समयसीमा वा यसको कार्यान्वयनका विधिहरूका बारेमा तुरुन्तै केही स्पष्ट पारेको छैन ।









प्रतिक्रिया