पाकिस्तानको क्वेटामा शक्तिशाली बम विस्फोट, २४ जनाको मृत्यु

84
Shares

एजेन्सी । पाकिस्तानको क्वेटामा एउटा रेलवे ट्य्राकमा भएको विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको समाचार संस्था अल अरबियाले अधिकारीहरूलाई उद्धृत गर्दै आइतबार रिपोर्ट गरेको छ ।

उक्त विस्फोटमा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । विस्फोटका कारण एउटा मालवाहक रेल लिगबाट खसेको थियो । त्यसलगत्तै गोलीबारी समेत भएको थियो भनी अल जजीराले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यस घटनाको कडा निन्दा गर्दै यसले निर्दोषहरूको ज्यान लिएको र अन्य धेरैलाई घाइते बनाएको बताएका छन् ।