जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा

3.8k
Shares

काठमाडौं । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका अनुसार उक्त दिन ‘बकर ईद’ (ईद-उल-अज्हा) को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार, मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा २०८३ साल जेठ १४ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद परेकाले सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नेपाल राजपत्रमा २०८२/११/१८ मा प्रकाशित सूचना बमोजिम नै यो बिदाको व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

यससँगै उक्त हप्तामा लगातार बिदा परेको छ । १४ गते बकर इद, १५ गते गणतन्त्र दिवसको बिदा रहेको छ भने शनिबार र आइतबार पनि सार्वजनिक बिदा हुँदा लगातार ४ दिन बिदा हुने भएको हो ।