
काठमाडौं । ट्राफिक प्रहरीले फुटपाथमा पार्किङ गरेको भन्दै मन्त्रीको गाडीलाई कारबाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवा रुपन्देहीले लु १ झ ७४५ नम्बरको मन्त्रीको गाडीलाई चिट काटेको हो ।
सामाजिक सञ्जालमार्फत भैरहवाको बर्मेली टोल क्षेत्रमा फुटपाथमा सरकारी सवारी साधन पार्किङ गरिएको सम्बन्धमा गुनासोका आधारमा उक्त सवारी साधनलाई आवश्यक कारवाही भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले सार्वजनिक स्थान तथा फुटपाथमा अव्यवस्थित रूपमा सवारी पार्किङ नगर्न हुन सम्पूर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ ।









प्रतिक्रिया