कस्तो रहनेछ आजको मौसम

84
Shares

काठमाडौं । हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा आंशिक बादल छ।

कोसी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल देखिनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोसी प्रदेशको तराई भूभागका साथै बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपात हुने सम्भावना छ।

बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

रातिको समयमा कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल देखिनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कोसी प्रदेशको तराई भागका केहि स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपात हुने सम्भावना छ।