पोखरा विमानस्थलको तेस्रो भ्रष्टाचार मुद्दा: पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाबाट साढे ३ अर्ब विगो दाबी

868
Shares

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा तेस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ । यो विमानस्थल निर्माण गर्दा निर्माण कम्पनी चाइना सीएएमसीलाई सम्झौता विपरीत कर छुट दिएको भन्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनालाई साढे ३ अर्ब ६५ करोड रुपैयाँको विगो दाबी माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यो विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता, भष्टाचार गरेको भन्नेसमेतको भन्दै अख्तियारले पूर्वमन्त्री कार्की, पर्यटन मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी, पर्यटनकै तत्कालिन सविच महेश्वर न्यौपाने, पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र डण्डुराज घिमिरेसहितत १४ जना विरुद्ध मुद्दा दायर गरको हो ।

अख्तियारले प्राधिकरणले अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव र्गौमत, प्राधिकरणका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन इन्जिनियर योगेश अर्याल, अर्थका उपसचिव युगराज पाण्डे र शाखा अधिकृत उर्मिला भण्डारीलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पोखरा विमानस्थलको निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङका अध्यक्ष वाङ बो, आयोजना निर्देशक याङ छिगाङलाईसमेत प्रतिवादी बनाएर ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।