११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

777
Shares

काठमाडौं । सरकारले ११ जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयानुसार विभिन्न मन्त्रालय, आयोग र निकायमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।

सरुवा सूची अनुसार चन्द्र शाह र राम कृष्ण पुडासैनी अर्थ मन्त्रालय भित्रिएका छन् । शाह सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र पुडासैनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

गृह मन्त्रालयमा कार्यरत सहसचिव नमराज घिमिरेलाई मुस्लिम आयोगको सचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै, मुस्लिम आयोगमा कार्यरत रमेश न्यौपानेलाई राष्ट्रिय सूचना आयोगमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा पठाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आदेश खड्कालाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।

आदेश खड्का सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अनिल कुमार दत्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राम दत्त भट्ट अर्थ मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रमेश न्यौपाने मुस्लिम आयोगबाट राष्ट्रिय सूचना आयोग, सन्तोष कुमार दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) बाट राष्ट्रपतिको कार्यालय, कृष्ण कुमारी श्रेष्ठ अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र रमेश ढकाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) बाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरूवा भएका छन् ।

Skip This