डेढ अर्ब लगानीमा धनुषामा मनसराको ४ तारे होटल, कहिले आउँछ सञ्चालनमा ?


काठमाडौं । धनुषा जिल्लाको गोदारमा चार तारे होटल बन्ने भएको छ । मनसरा होटल प्रालिले गोदारमा चार तारे होटल बनाउने भएको हो ।

सन् २०२४ मा दर्ता भएको कम्पनीले ९.२ हेक्टर क्षेत्रफलमा होटल निर्माण गर्नेछ । जसमा ६० वटा कोठाको सुविधा हुने जनाएको छ । कम्पनीअनुसार होटलमा एउटा प्रेसिडेन्सियल सुईट कोठा, दुई वटा सुईट कोठा, ३६ वटा डिलक्स कोठा र २१ वटा स्तरीय कोठाको सुविधा हुने उल्लेख गरेको छ ।

कम्पनीले होटलमा रेष्टुरेन्ट, जीम, हेल्थ क्लब, स्वीमिङ पुल, स्पा र विवाह समारोह र ब्याङ्क्वेट सुविधा हुने जनाएको छ । कम्पनीले होटल निर्माणका लागि १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । जसमा ३९ः६१ ऋण इक्विटीको अनुपात राखेको छ । कम्पनीअनुसार हालसम्ममा लगानीकर्ताले १६ करोड रुपैयाँ इक्विटीको व्यवस्थापन भइसकेको उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा आयोजनाको २२ प्रतिशत वित्तीय प्रगति भएको छ । कम्पनीले सन् २०२८ को अप्रिलबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले होटल निर्माण गर्न दीर्घकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीमा तीन जना बोर्ड सदस्य छन् । कम्पनीको अध्यक्ष इन्दिरा पन्त हुन् ।

Skip This