
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले दीर्घायूलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।
उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हुन् ।
सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्तमा परेका थिए । लगत्तै श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।








प्रतिक्रिया