बालाजुको सुकुमबासी बस्तीमा पनि चल्यो डोजर

175
Shares

काठमाडौं । सरकारले आज बिहानदेखि बालाजु र आसपासको क्षेत्रमा रहेको नदी किनारको सुकुमबासी बस्तीमा डोजर लगाउन सुरु गरेको छ ।

आजै बिहानदेखि स्वयम्भु, गोङ्गबु बसपार्क, देवीनगर, अनामनगरक्षेत्रमा पनि डोजर लगाउन सुरु भएको छ । यसअघि थापाथली, गैरिगाउँ, सिनामंगल, मनोहरा, शंखमुल, टेकु, बल्खु र कालिमाटीलगायतका स्थानमा पनि डोजर लगाएर अतिक्रमित खोला किनार खाली गराइएको थियो ।