अर्थमन्त्री वाग्ले र डोनाल्ड ट्रम्पको विशेष दूत सर्जियोबीच २० मिनेट विशेष वार्ता

189
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच २० मिनेट विशेष भेटवार्ता भएको छ ।

शुक्रवार दिउँसो साढे तीन बजे अर्थ मन्त्रालयमा भएको वार्तामा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको हो ।