ऋणीको धितो लिलाम गर्दै महालक्ष्मी विकास बैंक, माग्यो शिलबन्दी बोलपत्र

91
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणीको धितो लिलामसम्बन्धी सात दिने सूचना सार्वजनिक गरेको छ ।

ऋणीले लिएको कर्जाको सावाँ तथा ब्याज भुक्तानीका लागि पटक पटक लिखित एवम् मौखिक ताकेता गर्दा पनि ऋणी सम्पर्कमा नआएपछि बैंकले यस्तो सूचना जारी गरेको हो ।

बैंकको कैलालीस्थित बौनीया शाखाबाट रुद्र खरिद बिक्री केन्द्रका प्रोपाइटर गणेश कुमार विकले कर्जा लिएकोमा कर्जा नतिरेको बैंकको सूचनामा उल्लेख छ ।

यस्तै बाँकेको वाशगढी शाखाबाट कृति ट्रेडर्सका प्रोपाइटर लक्ष्मी आचार्यले ऋण लिएकोमा पटक पटक मौखिक र लिखित ताकेता गर्दा पनि भुक्तानी नभएको उल्लेख छ ।

बैंकले शिलबन्दी बोलपत्रमार्फत धितो लिलाम बिक्री गर्न लागेको हो । बैंकले सात दिनभित्र खरिद लिन चाहेको मूल्यसहित शिलबन्दी बोलपत्र पेश गर्न सूचनामा भनेको छ ।

बोलपत्र पेश गर्न चाहनेका लागि बैंकले विभिन्न शर्तहरू राखेको छ । जसअनुसार बोलपत्र पेश गर्नेले आफूले कवोल गरेको रकमको कम्तिमा १० प्रतिशतले हुन आउने रकम नगदै, गुडफर पेमेन्टको चेक वा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाको कम्तिमा ९० दिनको बैंक ग्यारेन्टी धरौटीवापत बैंक दाखिला गर्नुपर्ने उल्लेख छ ।

शिलबन्दी दरखास्त फाराम ५ सय रुपैयाँ बुझाई बैंकको शाखा कार्यालयबाट पाउन सकिने उल्लेख छ ।