प्रविन पन्दाकलाई सिडीएससीबाट नेप्सेले बोलायो फिर्ता

336
Shares

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) को सञ्चालक प्रविन पन्दाकलाई नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले फिर्ता बोलाएको छ ।

नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको नेप्सेका एक सञ्चालकले जानकारी दिए ।

पन्दाकले राजनीतिक पहुँच र शक्तिको आडमा गैरकानुनी रूपमा पद ओगटेको भन्दै उनीविरुद्ध केही दिनअघि प्रधानमन्त्री कार्यालयको ‘हेलो सरकार’ मा उजुरी दर्ता भएको थियो ।

पन्दाकको नियुक्ति र उनले गरेका आर्थिक अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परे पनि राजनीतिक संरक्षणका कारण छानबिन नगरी उन्मुक्ति दिइएको उजुरीमा उल्लेख छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) की नवौँ तहकी कर्मचारी रहेकी पन्दाकलाई नेप्सेको नियमावली विपरीत एक वर्षभन्दा बढी समयदेखि सीडीएससीको प्रमुख पदमा काजमा राखिएको र उनले आफू कानुनभन्दा माथि रहेको दम्भ प्रस्तुत गर्ने गरेको विषयलाई पनि उजुरीमा गम्भीरतापूर्वक उठाइएको थियो ।

अहिले ढिलो गरी उनलाई नेप्सेले फिर्ता बोलाउने निर्णय गरेको हो ।