
एजेन्सी । विश्लेषकहरू र रोयटर्सको गणना अनुसार, करिब ५० दिनअघि इरान युद्ध सुरु भएदेखि उत्पादन हुन नसकेको ५० अर्ब डलरभन्दा बढी मूल्यको कच्चा तेल विश्वले गुमाएको छ ।
उनीहरूका अनुसार, यस संकटको परकम्पन आगामी महिना र वर्षौंसम्म महसुस गरिने अपेक्षा गरिएको छ ।
केप्लरको तथ्यांक अनुसार, फेब्रुअरीको अन्त्यमा संकट सुरु भएदेखि ५० करोड ब्यारल भन्दा बढी कच्चा तेल र कन्डन्सेट विश्वव्यापी बजारबाट बाहिरिएको छ । यो आधुनिक इतिहासकै सबैभन्दा ठूलो ऊर्जा आपूर्ति अवरोध हो ।
बजारले गुमाएको त्यो ५० करोड ब्यारल तेल विश्वव्यापी हवाई उडानको १० हप्ताको माग, विश्वभरका कुनै पनि सवारीसाधनले ११ दिनसम्म सडक यात्रा नगर्दा लाग्ने तेल वा विश्व अर्थतन्त्रका लागि ५ दिनसम्म तेल उपलब्ध नहुनु बराबर भएकमे वुड म्याकेन्जीका प्रमुख विश्लेषक इयान मोवाटले भने ।
रोयटर्सको अनुमान अनुसार, यो अमेरिकाको करिब एक महिनाको तेलको माग बराबर पनि हो ।








प्रतिक्रिया