
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने (मर्जर) सम्बन्धी प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको हो ।
युनिक नेपाल लघुवित्तले नेपाल राष्ट्र बैंक लाई जानकारी गराउँदै तीन संस्थाबीच मिति २०८२ चैत २८ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी भएको जनाएको छ ।
उक्त समझदारीअनुसार बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त, मोरङको कटहरी गाउँपालिकामा मुख्य कार्यालय रहेको जीवन विकास लघुवित्त तथा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ मा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तबीच एक आपसमा गाभ्ने प्रक्रिया अगाडि बढाइएको छ ।








प्रतिक्रिया