नयाँ वर्षको अवसरमा ब्ल्याक+डेकरको नयाँ योजना

0
Shares

काठमाडौं । विश्वप्रख्यात अमेरिकी घरायासी उपकरण ब्रान्ड ब्ल्याक+डेकरले नेपाली उपभोक्ताहरूका लागि नयाँ वर्ष २०८३ विशेष उपहार योजना घोषणा गरेको छ । आफ्नो ११६ वर्ष लामो आविष्कार र उत्कृष्टताको विरासतलाई निरन्तरता दिँदै कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले ‘वन द फ्युचर। वन ब्ल्याक+डेकर’ नामक अभियानमार्फत ग्राहकहरूको नयाँ वर्षलाई थप उत्साहजनक बनाउने भएको हो ।

सन् १९१० देखि नवप्रवर्तन र दक्षतामा आधारित उपकरणहरू निर्माण गर्दै आएको यस ब्रान्डले आफ्ना प्रिमियम उत्पादनहरूको खरिदमा आकर्षक उपहार र वैदेशिक भ्रमणको अवसर प्रदान गरेको हो ।

यस विशेष योजना अन्तर्गत ब्ल्याक+डेकरका उपकरणहरूको खरिदमा ग्राहकहरूले विभिन्न घरायासी उपकरणहरूको खरिदमा इलेक्ट्रिक केटल, किचन एप्रोन, एरोमा किट वा डिस्पोजेबल एयर फ्रायर लाइनर्स जस्ता उपयोगी सामग्रीहरू निश्चित उपहारका रुपमा प्राप्त गर्न सक्छन् । यसैगरी बम्पर लक्की ड्रमार्फत् अभियानको अन्त्यमा भाग्यशाली विजेताहरूले अविस्मरणीय भियतनाम भ्रमण, तथा मेघौली सराहीमा लक्जरी स्टे जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन् ।

योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक+डेकरको कुनै पनि उपकरण खरिद गरी सामानमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । आफ्नो विवरण डिजिटल रूपमा दर्ता गरेपछि ग्राहकहरू स्वतः बम्पर लक्की ड्रको प्रक्रियामा सामेल हुनेछन् ।

यो योजना चैत २२ गतेदेखि देशभरका सिजी डिजिटल शोरुमहरू, एलजी शपी, तथा आधिकारिक विक्रेतामार्फत सीमित अवधिका लागि लागू गरिएको छ । ग्राहकहरूको सहजताका लागि कम्पनीले नागरिकता मात्र भए पुग्ने ‘सजिलो ईएमबआई’ सुविधा समेत उपलब्ध गराएको छ ।

मेक लाइफ इजियर भन्ने मूलमन्त्रका साथ ब्ल्याक+डेकरले प्रयोगकर्ता-मैत्री डिजाइन, ऊर्जा दक्षता र दीर्घकालीन टिकाउपनामा विशेष जोड दिँदै आएको छ । नेपालमा उपलब्ध सबै उत्पादनहरूमा २४ महिनाको वारेन्टी प्रदान गरिएको छ । साथै, सिजी इलेक्ट्रोनिक्सले आफ्नो देशभर रहेका ४० वटा सेवा केन्द्रहरू र मजबुत सर्भिस नेटवर्कमार्फत उत्कृष्ट बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ ।