
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने पार्टीले जनाएको छ ।
बैठकमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचन र अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ । उपसभामुख चयनअघि दलको धारणा तय गर्न बैठक बोलाइएको हो ।
आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिने कार्यतालिका रहेको छ । उपसभामुख पदका लागि रुबीकुमारी ठाकुर र सरस्वती लामा उम्मेदवार रहेका छन् । ठाकुर श्रम संस्कृति पार्टीबाट र लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका हुन् ।
रास्वपाले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । प्रतिनिधिसभामा रास्वपाको बलियो उपस्थितिका कारण ठाकुरको जित लगभग सुनिश्चित मानिएको छ ।








प्रतिक्रिया