
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले बाँदर नियन्त्रणका लागि सरकारले बजेट विनियोजन गर्नु पर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद लामिछानेले बाँदर नियन्त्रण नगर्ने हो भने कृषिमा लगानी नगर्दा पनि हुने उल्लेख गरे । कृषि बाली लगाए पनि बाँदरका कारण भित्र्याउन नपाइने भएकाले यो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
बाँधर नियन्त्रणका लागि बन्ध्याकरण विधिबाट प्रजनन नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
नेपालमा ५ लाख बाँदर रहेको अनुमान रहेको र बन्ध्याकरणका लागि प्रतिबाँदर १५ सय रुपैयाँ लाग्ने भन्दै उनले सरकारसँग बजेट विनियोजनको माग गरेका हुन् । यस हिसाबमा बाँदरको बन्ध्याकरण गर्न ७५ करोड लाग्ने देखिन्छ ।
उनले नुवाकोट लगायका देशभरका कृषकले आलुको मूल्य नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।










प्रतिक्रिया