
काठमाडौं । प्रतिनिधिसभाको कामकारबाहीलाई थप चुस्त र प्रभावकारी बनाउन नयाँ नियमावली बनाउने निर्णय भएको छ ।
आज बसको सर्वदलीय बैठकले संसद सञ्चालनलाई व्यवस्थित गर्न नयाँ नियमावली बनाउने सहमति गरेको हो ।
बैठकले विद्यमान ‘प्रतिनिधिसभा नियमावली २०७९’ लाई संशोधन तथा परिमार्जन गर्न एक मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । सोही समितिमार्फत नियमावलीको नयाँ स्वरूप तयार पारिनेछ ।
यसैगरी, बैठकले संसदको कार्यसूची तय गर्ने लगायतका कामका लागि २१ सदस्यीय ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने निर्णय समेत गरेको छ ।
नियमावलीको मौजुदा व्यवस्था अनुसार नै यो समितिको आकार २१ सदस्यीय रहने सुनिश्चित गरिएको हो ।








प्रतिक्रिया