राजस्व चुहावट नियन्त्रण गर्न गृह र अर्थमन्त्री सहितको उच्चस्तरीय बैठक जारी, विशेष निर्देशन आउँदै

1.1k
Shares

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न आज एक उच्चस्तरीय छलफलको आयोजना गरेको छ । अर्थ मन्त्रालयमा बिहान ११ बजेदेखि सुरु हुने बैठकको अध्यक्षता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गर्नेछन् ।

बैठकमा मुलुकको सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको सहभागिता रहनेछ । बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजस्व प्रशासनका सचिवहरूको उपस्थिति रहने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूका साथै राजस्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुनेछन् ।

विशेषगरी राजस्व छली र चोरी पैठारी नियन्त्रणका लागि चाल्नुपर्ने कदम र विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित रहेर अर्थमन्त्री डा. वाग्लेले बैठकमा महत्त्वपूर्ण निर्देशन दिनेछन् ।

पछिल्लो समय सीमा नाकाबाट हुने अवैध आयात र आन्तरिक रूपमा हुने राजस्व छलीका घटनालाई न्यूनिकरण गर्न सरकारी निकायहरूबीचको समन्वयलाई बलियो बनाउने उद्देश्यले यो बैठक डाकिएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार बैठक एक घण्टाका लागि तय गरिएको छ ।