
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३० उपसचिवको सरुवा गरेका छन् । मन्त्रालयमा कार्यभार सम्हालेको तेस्रो दिनमै उनले अढाई दर्जन उपसचिवको सरूवा गरेका हुन् ।
अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको मन्त्री वाग्लेको सचिवालयले बताएको छ । अर्थमा बढुवा भएका उपसचिवलाई विभिन्न निकायमा सरूवा भएको हो ।
चैत १३ गते कार्यभार सम्हालेका डा. वाग्लेले १५ गते नै सरूवाको निर्णय गरेका हुन् । सरूवाको निर्णयको सूचना अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।
मेरिटअनुसार पहिलो हुनेले पहिले पोस्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने, अनि मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ ।
यसरी सरुवा गर्दा मेरिटको अन्तिम भएकाहरुले अरुले छाडेको र बाँकी रहेको ठाउँमा जानुपर्ने हुन्छ । रोजेको र आकर्षक भनिएको ठाउँमा पदस्थापन हुन यो विधिअनुसार अब्बल हुनुपर्नेछ ।










प्रतिक्रिया