
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम केहीबेरमै सुरु हुने भएको छ।
नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे आयोजना गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरूलाई शपथ गराउनेछन् ।
शपथ कार्यक्रममा सहभागी हुन सांसदहरू सिंहदरबारस्थित संसद् भवनमा धमाधम पुगिरहेका छन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिनेछन् ।
उनीहरू आ–आफ्नो सांस्कृतिक भेषभूषामा शपथका लागि उपस्थित भएका छन् ।

यसअघि संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालै खिचिएको पासपोर्ट साइजको फोटो दुई–दुई प्रति साथमा ल्याई तोकिएको समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरूलाई आग्रह गरेको थियो ।








प्रतिक्रिया