
एजेन्सी । चीनले इरानमाथि भएका अमेरिकी–इजरायली आक्रमणको केही घण्टामै निन्दा गर्यो । तर, १३ दिन बितिसक्दा पनि बेइजिङले यूएई, बहराइन, कुवेत, कतार, ओमान वा साउदी अरबमाथि आक्रमण गर्ने राष्ट्रको रूपमा एकपटक पनि इरानको नाम लिएको छैन ।
यो भूराजनीतिमा सबैभन्दा महँगो मौनता हो ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले अमेरिकी–इजरायली आक्रमणलाई सार्वभौमसत्ताको गम्भीर उल्लंघन र संयुक्त राष्ट्रसंघको बडापत्र कुल्चिएको भनी टिप्पणी गरिन् । विदेशमन्त्री वाङ यीले रुसस् समकक्षी लाभरोभलाई खामेनेईको हत्या अस्वीकार्य भएको बताए ।
चीनले हत्याको दृढतापूर्वक विरोध र कडा निन्दा गरेको छ । यो स्पष्ट छ र यसलाई दैनिक रूपमा दोहोर्याइन्छ ।
खाडी राष्ट्रहरूमा इरानले गरेको आक्रमणबारे सोधिँदा तिनै प्रवक्ताले भनिन्, ‘निर्दोष नागरिक र गैरसैनिक लक्ष्यहरूमाथि गरिने कुनै पनि आक्रमणको निन्दा गरिनुपर्छ ।’
कुनै देशको नाम लिइएन । कुनै आक्रमणकारीको पहिचान गरिएन । केही घण्टा अघि कर्तृवाच्य प्रयोग गरिएको थियो । पछि कर्मवाच्य उपयोग गरियो ।
मार्च ११ मा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सातवटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूमाथि इरानले गरेको आक्रमणको निन्दा गर्दै एउटा प्रस्तावमा मतदान गर्यो । १३५ देशहरूले यसलाई सहप्रायोजन गरे । परिषद्का १५ मध्ये १३ सदस्यले ‘हुन्छ’ मा मतदान गरे ।
चीनले भिटो प्रयोग गरेन, केवल तटस्थ बस्यो । पहिलो ७२ घण्टामा १७४ ब्यालिस्टिक मिसाइल र ६८९ ड्रोनले इमिरेट्सको क्षेत्रमा प्रहार गर्दा पनि चीनले यूएई, बहराइन, कुवेत, कतार, ओमान, साउदी अरब र जोर्डनमाथि आक्रमण गरेकोमा इरानको निन्दा गर्न अस्वीकार गर्यो ।
पाम जुमेराहको फेयरमन्ट होटल नजिकै शाहेद ड्रोनले प्रहार गर्दा, जेबेल अली बन्दरगाहमा आगलागी हुँदा, दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुग्दा, रास लाफान बन्द हुँदा, कुवेतको विमानस्थल टर्मिनलमा प्रहार हुँदा र बहराइनको बाप्को रिफाइनरीले फोर्स मज्योर (अपरिहार्य कारणले काम रोक्नुपर्ने अवस्था) घोषणा गर्दा पनि चीन मौन रह्यो ।
यो मौनता फेब्रुअरी २८ देखि हर्मुज जलयोजक हुँदै चीनतर्फ गइरहेको १ करोड १७ लाख ब्यारल इरानी कच्चा तेलको आवाज हो जबकि बिमा प्रणाली ध्वस्त भएका कारण विश्वका बाँकी ढुवानी जहाजहरू त्यहाँ प्रवेश गर्न पाएका छैनन् ।
चीनले इरानको कच्चा तेल निर्यातको ८० देखि ९० प्रतिशत आयात गर्छ । त्यही आम्दानीले आईआरजीसीलाई आर्थिक सहयोग पुग्छ । आईआरजीसीका स्वायत्त कमान्डहरूले एआईएस ट्रान्सपोन्डरहरूमा चिनियाँ मालिक प्रसारण गर्ने छायाँ ट्यांकरहरूलाई सुरक्षा दिन्छन् जबकि अन्य सबैमाथि प्रहार गर्छन् ।
चीनका साना रिफाइनरीहरूले त्यो तेल ब्रेन्ट मूल्यभन्दा प्रति ब्यारल ९ देखि १२ डलर सस्तोमा प्रशोधन गर्छन् जबकि जापान, दक्षिण कोरिया र भारतले मुस्किलले पाउने वैकल्पिक तेलका लागि क्राइसिस प्रिमियम (संकटकालीन थप शुल्क) तिरिरहेका छन् ।
बेइजिङलाई इरानको आक्रमणको निन्दा गर्न आवश्यक छैन किनभने इरानको आक्रमणले चीनलाई फाइदा पुगिरहेको छ । हरेक पी एन्ड आई बिमा रद्द हुँदा जापानी ट्यांकर हर्मुजबाट बाहिरिन्छन् जुन चिनियाँ रिफाइनरीहरूका लागि प्रतिस्पर्धात्मक लाभ हो ।
रास लाफान बन्द भएको हरेक दिन चीनका एलएनजी प्रतिस्पर्धीहरूले प्रति एमएमबीटीयू २५ डलर तिरिरहेका हुन्छन् जबकि चीनले आफ्नो १२० दिनको रणनीतिक भण्डारबाट उपभोग गरिरहेको हुन्छ । दुबईमा जलिरहेको हरेक टावर पूँजी पूर्वतर्फ (चीनतर्फ) प्रवाह हुने एउटा कारण बनिरहेको छ ।
अमेरिकी आक्रमणको निन्दाले चीनलाई सार्वभौमसत्ताको रक्षकको रूपमा प्रस्तुत गर्छ । मतदानमा तटस्थ बस्ने निर्णयले त्यो आम्दानीको स्रोतलाई जोगाउँछ जसले त्यो युद्ध संयन्त्रलाई पैसा दिन्छ जसले चीनका प्रतिस्पर्धीहरूका लागि हर्मुज बन्द गरिदिएको छ । दुवैले एउटै उद्देश्य पूरा गर्छन् ।
यो तटस्थता होइन । यो सन् १९३९ को स्विट्जरल्यान्ड पछिको कुनै पनि द्वन्द्वमा सबैभन्दा बढी नाफा कमाउने असहभागिता हो । र त्यसबेलाको स्विट्जरल्यान्ड जस्तै यो तटस्थता पनि त्यही द्वन्द्वको कमाइबाट चल्छ जसभन्दा आफू माथि रहेको दाबी यसले गर्छ ।
चीनले केही घण्टामै शान्तिका लागि आह्वान गर्यो । तर, चीनका ट्यांकरहरू मात्र युद्ध क्षेत्रबाट अगाडि बढिरहेका छन् ।
अन्य सबैमाथि आक्रमण गर्ने आईआरजीसी कमान्डहरूले ती ट्यांकरहरूलाई सुरक्षा दिन्छन् किनभने तिनै ट्यांकरहरूले ती कमान्डहरूलाई जीवित राख्ने पैसा बोकेका हुन्छन् ।
यो मौनता मात्र होइन, रणनीति हो । र हिजो संयुक्त राष्ट्रसंघमा १३५ राष्ट्रहरूले यसलाई स्पष्टसँग बुझे र त्यस प्रस्तावलाई सहप्रायोजन गरे जसमा चीनले हस्ताक्षर गर्न मानेन ।







प्रतिक्रिया