सम्पूर्ण अपडेट

नेप्सेमा तेस्रो सर्किट ब्रेक, सोमबारका लागि कारोबार बन्द

119
Shares

काठमाडौं । सोमबार सेयर बजारमा लगातार तेस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ ।

सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६२.९३ अंक अर्थात् ६ प्रतिशतले बढेर तेस्रो सकारात्मक सर्किट ब्रेक लागेको हो ।

दोस्रो सकारात्मक सर्किट ब्रेक लागेर खुलेको बजारमा फेरि सकारात्मक सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको छ । नेप्से १६२.९३ अंकले बढ्दै २८७५.४३ बिन्दुमा उक्लिएको छ ।

आज नेप्सेमा कुल ५५ करोड ५९ लाखको कारोबार भएको छ । यस दिन २५२ कम्पनीको सेयर मूल्य बढ्दा एक कम्पनीको मात्रै घटेको छ ।

कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लागेर कारोबार २० मिनेट कारोबार
स्थगित हुने गर्दछ ।

यसपछि, कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट कारोबार स्थगित हुन्छ ।

कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले घटे वा बढेमा बाँकी पुरै दिनको कारोबार स्थगित हुने व्यवस्था छ ।