
काठमाडौं । सेयर बजारमा सकारात्मक सर्किट लागेको छ ।
सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०८.६० अंक अर्थात् ४ प्रतिशतले बढेर २८२१ बिन्दुमा उक्लिएको छ ।
कारोबार खुल्नसाथ नेप्से चार प्रतिशतले बढेसँगै २० मिनेटका लागि कारोबार बन्द भएको छ । कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लागेर कारोबार २० मिनेट कारोबार
स्थगित हुने गर्दछ ।
यसपछि, कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट कारोबार स्थगित हुन्छ ।
कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले घटे वा बढेमा बाँकी पुरै दिनको कारोबार स्थगित हुने व्यवस्था छ ।








प्रतिक्रिया