सम्पूर्ण अपडेट

सुनसरी-२ मा रास्वपाका लाल विक्रम थापा विजयी

133
Shares

सुनसरी । सुनसरी क्षेत्र नं. २ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लाल विक्रम थापा भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ४१ हजार २७७ बढी मत प्राप्त गरे ।

नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे । त्यसैगरी, नेकपा एमालेका सुजन लामा ८ हजार ३०३ मतका साथ तेस्रो स्थानमा रहे ।