
काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक राज गिरी विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवारसँगको कडा प्रतिस्पर्धाका बीच गिरीले बाजी मारेका हुन् ।
अन्तिम चुनावी नतिजा अनुसार गिरीले १७ हजार २७३ मत प्राप्त गरे । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लाल बहादुर थापालाई ६४० मतान्तरले पराजित गरेका हुन् । पराजित थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन् ।
यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले उल्लेख्य मत प्राप्त गरेका छन् । उनी ६ हजार ०३५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश बहादुर शाह ३ हजार ३०१ मतका साथ चौथो स्थानमा खुम्चिएका छन् ।








प्रतिक्रिया